डा. शंकरनाथ योगीद्वारा सरुमारानी गाउँपालिका प्युठानको आइसोलेसनका लागि झन्डै डेढ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान 



ओमप्रकाश गुप्ता भालुवाङ २२ जेठ । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना आइसोलेसनका लागि झन्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिकल फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार बराबरको ४ थान पल्स अक्सीमेटर, २ हजार ५ सय रुपैयाँ बराबरको ५० जोडा सर्जिकल पन्जा, ३ हजार रुपैयाँ बराबरको ५ लिटर भास्कर सेनिटाईजर, १ हजार २ सय रुपैयाँ बराबरको ४ पोका सर्जिकल मास्क गरी कुल १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीलाई प्रदान गरेका हुन् ।

कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरू उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरेको डा. शंकरनाथ योगीले जानकारी दिएका छन् । साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीले डा. योगीको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यवाद ज्ञापन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्