आज विश्व क्यान्सर दिवस, नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो



सैघाली खबर
काठमाडौं, २१ माघ

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष फेबरुअरी ४ मा विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिएको छ । आज नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल क्यान्सर अस्पताल लगायतका विभिन्न संघसंस्थाले विश्व क्यान्सर दिवस क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रम गरेर मनाउने गरेका छन् ।विभिन्न अध्ययनहरुले नेपालमा दिनप्रतिदिन क्यान्सर रोगी बढ्दै गएको देखाएको छ ।

नेपालमा क्यान्सर रोगका कारण वर्षमा १५ हजारको मृत्यु भइरहेको छ भने वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेका छन् । नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेको छ । त्यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुन्छ भने त्यसपछि स्तन क्यान्सर हुने गरेको छ ।

क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाँटीको क्यान्सरका बिरामी बढ्दै गरेको देखिएको छ । अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व हो भने समयमै उपचार नगराउँदा पनि क्यान्सरबाट मृत्यु हुने क्रम बढेको चिकित्सकहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्