जेठ २२, काठमाडौँ । बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा गए राति मृत्यु भएको छ । योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।
उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीय महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।