जसपाका लेखा अधिकृतको प्रश्न : पार्टी कार्यालय बालकुमारी की बबरमहल ?



जेठ २२, जनकपुरधाम । समाजवादी युवा सङ्घका केन्द्रीय सदस्य तथा जनता समाजवादी पार्टीका नेपालका लेखा अधिकृत सुरेन्द्र अधिकारीले जसपाका केन्द्रीय सदस्य डा. सुरेन्द्र झामाथि तन्ज कसेका छन् । 

शनिवार केन्द्रीय सदस्य डा. झाले आफ्नो फेसबुकमा मन्त्रीमण्डल विस्तारपछि नव नियुक्त जसपाका मन्त्रीहरूलाई बधाई तथा स्वागत कार्यक्रम राखिएको भन्दै केन्द्रीय कार्यालय बबरमहल भनेर उल्लेख गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय ललितपुर जिल्लाको बालकुमारीस्थित रहेको भए पनि महन्थ–राजेन्द्र खेमाका डा. सुरेन्द्र झाले पार्टी कार्यालय बबरमहल लेखेपछि सो सन्दर्भमा स्थान प्रस्ट्याउन आग्रह गर्दै व्यङ्ग गरेका छन् । 

यसका साथै, केही दिन अघि सरकारमा जानलाई लोभित भएका महन्थ ठाकुर र राजेन्द्र महतोले एक पत्र जारी गरी कोरोना महामारीको कारण देखाउँदै कार्यालय बैठक स्थगित गरेको भन्दै अहिले मन्त्री बनेपछि कोरोना नलाग्ने भनेर प्रश्न आम जनताले तेर्साएका छन् । केही दिन अगाडि मात्र महन्थ ठाकुरले कोभिडको कारण देखाउँदै अध्यक्ष स्तरीय र छलफलको लागि तोकिएको आन्तरिक बैठकलाई स्थगित गरेका थिए। 

अहिले एक ठाउँमा मन्त्रीगण र उनका कार्यकर्ताहरू, शुभेच्छुकहरू जम्मा हुनुभएका छन्। लेखाधिकृत अधिकारीका अनुसार पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुर वडा ८ मा रहेको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्