मेट्रो कोरोना आइसोलेसन हस्पिटलमा बिरामीहरुलाइ फलफुल वितरण



 


“नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना”, विश्व वातावरण दिवस २०७८ को नारा बोकी ग्रीन फाउन्डेसन नेपाल, तुलसीपुर शाखा र ‘दङाली वन प्राविधिक समाज’ ले वातावरण लाई संरक्षण तथा सम्बर्धन गर्दै प्राकृतिक प्रणलीलाई सन्तुलन राख्नुपर्ने मुख्य ध्ययका साथ तुलसीपुर उपमहानगरले सन्चालन गरेको तुलससीपुर मेट्रो कोरोना आइसोलेसन हस्पिटलमा तुलसीपुर उ.न.पा प्रमुख श्री घनश्याम पाण्डे ज्युको प्रमुख आथित्यमा फलफुलहरुको वृक्षारोपन गरेको छ र साथै हस्पिटलमा उपचारार्थ भईरहनु भएका १७ जना बिरामीहरुलाइ फलफुल वितरण समेत गरेको छ ।

सो कार्यक्रममा तुलसीपुर मेट्रो कोरोना आइसोलेसन हस्पिटलका फोकल पर्सन बिमल के.सी लगाएत मेट्रो हस्पिटल परिवार, ग्रीन फाउन्डेसन नेपाल, दाङ जिल्ला सचिव सुरेश रावत लगाएत दाङ जिल्ला ग्रीन फाउन्डेसन परिवार, तुलसीपुर कोरोना प्रतिकार्य समुह समेतको उपस्थिती थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्