प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप सहयोग गरिइदिन बेलायतसँग आग्रह



जेठ २२, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप सहयोग गरिइदिनका लागि बेलायतसँग आग्रह गर्नुभएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग प्रधानमन्त्री ओलीले नेपालमा खोप अत्यावश्यक भएको भन्दै सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बिबिसीकी दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताउनुभएको हो । सो कुराकानीको अवसरमा प्रम ओलीले भन्नुभयो, ‘म ब्रिटिश सरकारलाई, खास गरी प्रधानमन्त्री बोरिस जोनसनलाई नेपालको अवस्थाबारे जानकारी गराउँदछु कि हामी कसरी महामारीका कारण दुःख पाइरहेका छौँ । यसका लागि केही गरिदिन आग्रह गर्दछु ।’

नेपाली गोर्खा सैनिकहरूले बेलायतका लागि गरेको त्याग र सेवा सम्झेर पनि अहिले नेपाल अप्ठेरो अवस्थामा रहेकाले सहयोग गर्नुपर्ने उहाँले बत्ताउनुभयो ।
पछिल्लो समय नेपाल कोरोना भाइरसको उच्च चपेटामा रहेको छ । यसै क्रममा चीनले १० लाख डोज खोप थप अनुदानमा दिइसकेको छ भने अमेरिकाले चाँडै खोप उपलब्ध गराउने बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्