दाङमा पछिल्लो २४ घण्टामा ३० जनामा सङ्क्रमित थपिए, ३१ जना संक्रमणमुक्त



जेठ  २२ , घोराही । दाङमा कोरोनाबाट आज निको हुने र थपिनेको संख्या करिव बराबर देखिएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा ३० जनामा संक्रमण देखिदा ३१ जना संक्रमणमुक्त भएका छन् ।  त्यस्तै आज निको भएका ३१ जना संगै जिल्लामा  निको हुनेको संख्या ६५ सय १२ पुगेको छ ।।

पछिल्लो २४ घण्टामा १०० जनाको पिसीआर परिक्षण गर्दा २६ जनामा र १६ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जना गरि ३० कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी आज थपिनेमा घोराहीका ११ जना, तुलसीपुरका १२ जना, लमही र दंगीशरणका २/२ जना, गढवा र शान्तिनगर र बबईका १/१ जना रहेका छन् । 
त्यस्तै आज निको हुनेमा घोराहीका र तुलसीपुरका ११/११ जना, लमहीका ५, राजपुरका २ जना,शान्तिनगर र बंगलाचुलीका १/१ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्