पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना सङ्क्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । यस्तै निको हुनेको कुल सङ्ख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ७ हजार ७९९ पुगेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।