गोकर्ण विष्टद्वारा राजेन्द्र महतोको अभिव्यक्तिको विरोध



जेठ २२, काठमाडौँ । एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।
महतोले बुधवार पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति महतोले शनिवार पनि दिएका छन् ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ, विष्टले भनेको छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस प्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’महतोको अभिव्यक्तिको विभिन्न क्षेत्रबाट विरोध हुँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्