रामजी खाँन दाङ आएर सबैलाई नचाँए



सैघाली खबर
दाङ,२१ माघ। नारायणपुर उद्योग बाणिज्य संघको आयोजनामा माघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा लोक तथा दोहोरी गायक रामजी खाँडले दंगाली नचाँएका छन । २० हजार बढि दर्शकहरुले भरिएको महोत्सवमा भएको सांस्कृतिक कार्यक्रममा दर्शकहरुलाई रामजीले छमछमी नचाए भने दर्शकहरु पनि रामजीलाई भरपुर साथ दिएका थिए । ‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ हल्का हल्का लाएको दामी देखिन्छ’ बोलको गीतबाट प्रस्तुति राख्न सुरु गरेका रामजीले निरन्तर एक घण्टासम्म प्रस्तुति राखेका थिए ।

खाँडले ‘अमिलो रशैले साधुकी मायालाई मोहनी मन्तरले बाँधुकी मायालाई, फुल फुलेर पहेलै भयो, झम्के मायाले आँधी जोवन कटायो झम्के मायाले, सरर आउ माया मिनी बस चढेर आउ माया, मावा चल्यो सरर डाँडैको बर, सुर्खेत बुलबुले ताल, प्यार प्यार तिम्रो मनमा प्यार जगाऔँ’ लगायतका गीत प्रस्तुत गरेका थिए । महोत्सवमा शनिबार गायिका प्रिति आले मगरले पनि आफ्नो प्रस्तुति राखेका थिए ।

 

आज सुनिल गिरी
महोत्सवमा आईतवार चर्चीत राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । आईतवार युवापुस्ताका लोकप्रिति गायक सुनिल गिरी, गायीका एवं मोडल सिर्जु अधिकारी, सुगम संगीतका गायिका रीता केसी, मोडल रुविना अधिकारी, गायक एवं उद्घोषक दिपक खड्का लगायत कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक अधियान बस्नेतले जानकारी दिनुभयो । यस्तै २२ गते सोमवार गायक रमेशराज भट्टराई, एक खुट्टाले मात्र नाच्ने कलाकार रोमा न्यौपाने लगायतको प्रस्तुति रहने बस्नेतले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्