सरकारमा कांग्रेसको प्रवेश : दुई मन्त्रीले लिए शपथ



सुर्खेत। कर्णाली प्रदेश सरकारमा थपिएका काँग्रेसका दुई जना मन्त्रीले शपथ लिएका छन्।मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौ नीले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

दुवै जना नेपाली काङ्ग्रेसबाट मन्त्री बनेका हुन्। काँग्रेस सरकारमा सहभागी भएसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार बलियो भएको छ। नेकपा विभाजनसँगै अल्पमतमा परेका शाहीलाई काँग्रेसले काँध थापेपछि सरकार जोगिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्