महोत्तरी: श्रीपुरका लक्ष्मीनारायण यादव जनतान्त्रिकको केन्द्रीय सदस्य मनोनीत



विगत लामो समयदेखि “राज संस्था एवं हिन्दु अधिराज्य पुनः स्थापना” लगायतका बिभिन्न मागहरू राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले जारी राष्ट्रवादी आन्दोलनलाई निर्णायक बनाउन “राष्ट्रिय नागरिक संवाद अभियान” लाई निरन्तरता दिँदै आफ्नो सङ्गठन विस्तार कार्यलाई युद्ध स्तरमा अगाडी बढाएको देखिन्छ ।

यस क्रममा मोर्चाले पदीय जिम्मेवारीका साथ मधेसमा युवा नेतृत्वलाई अगाडी सार्दै निर्णायक आन्दोलनको तैयारी थालेको बुझिँदै छ । आज फेरी जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गरी विभिन्न समाजसेवी एवं क्रान्तिकारी राष्ट्रवादी बिचार धाराका युवाहरूलाई मोर्चाको नेतृत्व तहमा मनोनीत गरिएको जनाएका छन् ।

डा. मुक्ति द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, आदरणीय जनसमुदाय एवं सञ्चार कर्मी मित्रहरू, हाम्रो महान् क्रान्तिकारी गौरवशाली मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक सङ्घर्षरत रहेको तथ्य सर्वविदित नै छ ।

दसकौँ देखिको देशमा व्याप्त सबै खाले बेथिति, अराजकता, कु-शासन, अव्यवस्था, लूट-खसो, राज्य आतङ्क, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनः स्थापना” हेतु जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन हाम्रै नेतृत्वमा देशव्यापी रूपमा सञ्चालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रूपमा गोलबन्द हुँदै गएको तथ्य पनि यहाँहरू सबैलाई अवगत नै छ ।

यस क्रममा विगत लामो समय देखि राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान मा विभिन्न रूपले सक्रिय रही जारी राष्ट्रवादी आन्दोलनलाई सक्रिय रूपमा साथ, सहयोग पुराउँदै निर्णायक भूमिका खेलिरहनु भएका तपसिलका युवा समाजसेवी एवं क्रान्तिकारी तथा राष्ट्रवादी बिचार धाराका देशभक्त ब्याक्तित्व हरुलाई आजैको तिथि-मिति देखि लागु हुने गरी जनतान्त्रिक तराई मुक्ति मोर्चाको निम्नलिखित जिम्मेवारीमा मनोनीत गरिएको ब्यहोरा सबैमा जानकारी गराउँदछौ ।

साथै सबैलाई “जनतान्त्रिक परिवारमा स्वागत साथ हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु” । मनोनीत साथ तोकिएका जिम्मेवारीहरू :-
१) श्री जगदेव यादव ज्युको सुपुत्र जिल्ला महोत्तरी औरही नगरपालिका-५ श्रीपुर घर भएका “श्री लक्ष्मीनारायण यादव” ज्युलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा को “केन्द्रीय सदस्य” पदमा मनोनीत गरिएको छ ।
२) जिल्ला सिराहा भगवान्पुर गाउँपालिका इनरुवा बस्ने श्री भोगेन्द्र मण्डल ज्युलाई “जनतान्त्रिक युवा संघ सिराहा जिल्ला संयोजक पदमा मनोनीत गरिएको छ ।
३) सिराहा जिल्लाको लहान नगरपालिका का विभिन्न वाडहरूमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको वाड कमिटी निर्माण गरी केन्द्रीय सचिवालयलाई सिफारिस साथ पठाइएका विवरणहरूलाई सदर गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्