विश्व वातावरण दिवसका उपलक्षमा स्वर्गद्वारी नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न



“बिरुवा लगाउनु मात्रै मुख्य कुरा होइन, लगाइएका बिरुवाको संरक्षण तथा सम्बद्ध गर्नु महत्त्वपूर्ण हो ।” विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नुहुन्छ स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोका क्षेत्री ।

मिति २०७८ जेठ २२ मा स्वर्गद्वारी नगरपालिका, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजना र कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजनाको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा वडा नं. ४ र ९ को कार्यालय हाता भित्र ४१५ वटा बिरुवा लगाइएको छ ।

अस्ट्रेलियन एडको आर्थिक सहयोग र आड्रा नेपाल, रूपान्तरण र फूलबारी एकीकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालित न्इब्ी(क्ष्क्ष् परियोजनाले प्रत्येक वर्ष कार्यक्षेत्रका स्थानीय तहसङको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्