सैघाली खबर
दाङ,२१ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन ५ नं। प्रदेशको अध्यक्षमा मदन कुमार शर्मा चुनिनुभएको छ । संगठनको घोराहीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले शर्माको नेतृत्वमा ८७ सदस्यीय प्रदेश समिति सर्वसम्मत चुनेको हो । समितिका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष रोल्पाका यमप्रसाद अधिकारी, महिला उपाध्यक्ष बाँकेका गणेश कार्की, उपाध्यक्षहरुमा सुवासचन्द्र बञ्जाडे अर्घाखाँची, मोहनलाल वली दाङ, डेलराज खनाल गुल्मी रहनुभएको छ ।
त्यसैगरी महासचिवमा रुपन्देहीका प्रेमबहादुर बस्नेत, अर्थ उपमहासचिवमा रुकुम पूर्वका दुर्गा गौतम, उपमहासचिवमा किरण देवकोटा कपिलवस्तु, अर्थ सचिवमा बाँकेका विरेन्द्र मल्ल र सचिवहरुमा धर्मप्रसाद शर्मा बर्दिया, विष्णुप्रसाद पोख्रेल प्यूठान, शेषनारायण चालिसे पाल्पा रहनुभएको छ । संगठनको कार्यालय सदस्यका रुपमा दाङका माधव महरालाई तोकिएको छ । ‘वैज्ञानिक शिक्षा नीति समाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपन्थी शिक्षक एकता र शैक्षिक विकास हाम्रो कार्यभार’ भन्ने मूल नाराका साथ शुरु भएको ५ नं। प्रदेशको प्रथम सम्मेलनको उद्घाटन संगठनका पूर्वअध्यक्ष तथा शिक्षक महासंघका केन्द्रीय सह–अध्यक्ष रत्नबहादुर ओलीले गर्नुभएको थियो ।
समाजवादी शिक्षा नीतिबारे बहस जरुरी
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सह–अध्यक्ष वलीले क्रान्तिकारी शिक्षकहरुले अब समाजवादी शिक्षा नीतिका बारेमा गम्भीर बहसको थालनी र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ‘समाजवादी शिक्षाको पाठ्यक्रम, पठनपाठन विधि, परीक्षा प्रणाली कस्तो हुने प्रमुख अतिथि वलीले भन्नुभयो, ‘अब हामीले नै यसको बहस र छलफलको थालनी गर्नुपर्छ । विगतमा जनवादी शिक्षाका लागि आवाज उठाउने पनि क्रान्तिकारी शिक्षकहरु नै भएको चर्चा गर्दै वलीले समाजवादी क्रान्तिलाई टेवा पु¥याउने खालको समाजवादी शिक्षा नीतिका लागि पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।संगठनका केन्द्रीय उपाध्यक्ष एवं ५ नं. प्रदेश इन्चार्ज बसन्तराज अधिकारीको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन सत्रको सञ्चालन मदनकुमार शर्माले गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।