काठमाडौं। महानगरीय प्रहरी वृत्त सोह्र खुट्टेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक खड्का कारबाहीमा परेका छन्। उनलाई वृत्तको प्रमुख जिम्मेवारीबाट हटाइएको छ।
अनुसन्धानका क्रममा रहेकाले डिएसपी खड्कालाई महानगरीय प्रहरी परिसर काठमाडौँमा तानिएको छ। ठमेलका होटेल तथा रेष्टु रेष्ट व्यवसायीसँग रकम असुल गरेको आरोप लागेपछि उनीमाथि एक्सन लिइएको हो।
डिएसपी खड्काविरुद्ध पटक पटक अनियमित गरेको उजुरी पर्दै आएको थियो। एसएसपी सिंहले पनि यसअघि खड्कालाई बोलाएर सम्झाएका थिए। उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धानपछि नसिहत सहित कारबाही गरेको हो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।