हाम्रो शरीरका हामीले नै थाहा नपाएका रोचक कुराहरू



हरेक मानिसमा दुई हात, दुई गोडा, दुई आँखा, दुई कान र एउटा नाक हुन्छ। एउटै महादेशमा बस्नेहरूको प्रायः रङ उस्तै हुन्छ, खासै धेरै फरक हुँदैन । जस्तो युरोपका मानिस सेता हुन्छन्, अफ्रिकाका काला। एसियाका मिश्रित रङका हुन्छन् । यसका बाबजुद पनि हामी मान्छेलाई चिन्छौँ। अरू त अरू हामीले जुम्ल्याहालाई त चिन्छौँ भने अरूलाई नचिन्ने कुरै भएन। उसो भए हामीले धेरै कुरा मिल्दाजुल्दा भएका मानिसलाई विरलै झुक्किने भए पनि चिनिहाल्छौँ। आखिर हामीले कसरी मान्छेलाई चिन्छौँ त ?

हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् । जुन व्यक्तिको आइक्यु स्तर बढी हुन्छ उसले धेरै सपना देख्छ । धेरै सपना देख्नुको मतलब उसले आफ्नो सपना धेरै याद हुनु हो । पुरुषहरूको अनुहारमा रौँ शरीरका अन्य भागमा भन्दा धेर छिट्टो बढ्छ ।

हाम्रो शरीरका हामीले नै थाहा नपाएका रोचक कुराहरू
हाम्रो पेटमा भएको एसिडले ब्लेड पनि पचाइदिन्छ । हामीले जिन्दगीभरि निकाल्ने –यालले दुई वटा स्विमिङ पुल भरिन्छ । हाम्रो हातको माझी औँलोको नङ अरू औँलाभन्दा छिट्टो बढ्छ । कानमा फोहर जमेको कसैलाई मन पर्दैन तर हाम्रो शरीरको रक्षाका लागि यो आवश्यक कुरा हो । पुरुषको तुलनामा महिलाहरूको मुटु बढी तीव्र गतिमा धड्किन्छ ।

धेर खाना खाएपछि हाम्रो सुन्ने क्षमता कम हुन्छ । एक सर्वेक्षण अनुसार पुरुषलाई महिलाभन्दा बढी बाडुली आउँछ । हाम्रो नाकले करिब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ जबकि हाम्रा आँखाहरूले एक करोड रङ्ग चिन्न सक्छन् । सुन्दा आश्चर्य लाग्ला तर सोमवारको दिन हृदयाघातको खतरा सबभन्दा बढी हुन्छ ।

एक सर्वेक्षण अनुसार करिब २० प्रतिशत मानिसको मृत्यु अरू दिनभन्दा पनि सोमवार हृदयाघातका कारण भएको थियो । धेरैजसो रोगहरू तनावका कारण हुन्छन् । अध्ययनहरूले ९० प्रतिशत रोग तनावका कारण हुने देखाएका छन् । महिलाको तुलनामा पुरुषको शरीरमा रगतको मात्रा बढी हुन्छ । पुरुषहरूको शरीरमा ६।८ लिटर रगत हुन्छ भने महिलाहरूको जम्मा पाँच लिटर रगत हुन्छ ।

बिहान तीनदेखि चार बजेको समयमा हाम्रो शरीर सबभन्दा कमजोर अवस्थामा हुन्छ । यसैले यस समयमा सबभन्दा बढी हृदयाघात हुन्छ । चर्को आवाज आउँदा हाम्रा आँखाका नानी चौडा हुन्छन् । जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैन जबकि नाक र कान जिन्दगीभरि बढिरहन्छन् । हाम्रो आँखाको कोर्दियासम्म रगत पुग्दैन । त्यसैले कोर् नियाले अक्सिजन सिधै हावाबाट लिन्छ । हरेक मनुष्यको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ ।
एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्