तपाईको साथी कति स्वार्थी छ ? पत्ता लगाउने १० उपाय



यौन आफैँमा सुन्दर चीज हो। यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो। यसले श्रीमान् श्रीमतीबिचको सामिप्यता र आत्मीयता बढाउँछ। यो शारीरिक सामिप्यता मात्रै नभएर मानसिक पुनर्तालिकीकरण लागि समेत उपयोगी हुने गर्छ। तर कहिलेकाहीँ दुवै साझेदारको बराबर आनन्द र मनोवैज्ञानिक रूपमा फाइदा पुर्’याउने यौन कहिलेकाहीँ एकतर्फी नोक्सानीको कारक पनि बन्न सक्छ।

जहाँ एक पार्टनरले अर्को पार्टनरको आवश्यकताहरूलाई लगातार बेवास्ता गर्छ, त्यहाँ समस्या उत्पन्न हुन सक्छ। यसको अर्थ कुनै स्वार्थी पार्टनर भयो भने त्यसबाट पर्याप्त आनन्द पाउन सकिँदैन। यहाँ हामी १० सङ्केतहरूको बारेमा बताउँदाबताउँदै। जसले तपाईको पार्टनर कत्तिको स्वार्थी छ भन्ने पत्ता लगाउन सहयोग गर्छ।

१. यदि तपाईँको पार्टनर चाहन्छ कि जब उसलाई यौन सम्पर्कको चाहना भयो तब तपाईँ तयार हुनुहोस्। यदि तपाईँ मुडमा हुनुहुन्न र अस्वीकार गर्नुहुन्छ भने ऊ सिधै आफ्नो असन्तुष्टि जनाउँछ भने बुझ्नुहोस् तपाईँको पार्टनर स्वार्थी छ।

२. तपाईँको पार्टनर केवल एक यौन पोज सन मन पराउँछन्। केटा होस् या केटी यौन पोज सनमा नयाँपनको खोजी गर्दैनन् र तपाईँले दिएको सुझाव पनि मन पराउँदैनन् भने पनि बुझ्नुहोस् तपाईँको पार्टनर स्वार्थी छन्/छिन्।

३. यदि तपाईँको पार्टनरले आफूलाई मुडमा ल्याउने काम पनि तपाईँ आफैँले गर्दिए हुन्थ्यो जस्तो सोच्छ भने यसमा पनि स्वार्थीपना देखिन्छ।

४. महिलाको शरीर कहिलेकाहीँ मुडमा आउनको लागि केही समय लाग्छ। तर कहिलेकाहीँ पुरुषहरू आफू बिस्तारामा आउने बित्तिकै महिला मुडमा आओस् भन्ने पनि चाहन सक्छन्। यदि यस्तो भयो भने यसमा स्वार्थ देखिन्छ।

५. यदि तपाईँको पार्टनर तपाईँसँग मुडमा हुँदा मात्रै राम्रो व्यवहार गर्छन् भने त्यसमा स्वार्थ छ भन्ने बुझ्दा हुन्छ। कोही पनि अरू बेलामा उदासीन हुने र मुडमा आएपछि जे गर्न पनि तयार हुन्छ भने उसमा स्वार्थ भरिएको थाहा हुन्छ।

६. कोही पनि मान्छे अरू समय सधैँ व्यस्त हुन्छ र यौन सम्पर्कको क्रममा पनि फोर प्ले जस्ता पूर्वतयारमा ध्यान नदिई सिधै यौन सम्पर्कलाई ध्यान दिन्छ भने उसमा पनि स्वार्थ भरिएको छ भन्ने बुझ्दा हुन्छ।

७. यदि तपाईँको पार्टनर तपाईँ कस्तो सम्बन्ध चाहनुहुन्छ ? भन्ने बुझ्न नै चाहँदैन भने ऊ स्वार्थले भरिपूर्ण छ भन्न सकिन्छ।

८. यदि तपाईँ आफ्नो पार्टनरको शरीरको प्रशंसा गर्नुहुन्छ भने मक्ख पर्ने र तपाईँको प्रशंसा गर्न कहिल्यै नजान्ने पार्टनर छ भने बुझ्नुहोस् ऊ स्वार्थी मान्छे हो।

९. तपाईँको पार्टनर आनन्द दिनमा होइन कि लिसेबारेमा मात्रै विश्वास गर्छ भने बुझ्नुहोस् कि ऊ स्वार्थी मान्छे हो। कसैले फोर प्लेको जिम्मेवारी छाडेर तपाईँको भरोसा छाड्ने साथी छ भने उसमा स्वार्थ रहेको बुझ्नुहोस्।

१०. जब तपाईँ पार्टनरसँग यौन सम्बन्ध राख्नुहुन्छ, तब तपाईँ आफ्नो साथीसँग कुनै प्रकारको आत्मीयताको महसुस गर्नुहुन्न वा यौन सम्पर्कलाई साथीले केवल शारीरिक सम्बन्धको रूपमा मात्रै लिएको छ र यसमा भावनात्मक कुनै आस्था छैन भने सम्झनुहोस् त्यहाँ प्रेमभन्दा बढी स्वार्थ हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्