सैघाली खबर
दाङ ,२१ माघ
दुवै मृगौला फेल भएर एक वर्ष देखि उपचार गराईरहनु भएका दाङ देउखुरी होटल व्यवसायी संघका महासचिब लुटुप्रसाद पौडेलको उपचारका लागि सहयोग उठ्ने क्रम जारी रहेको छ ।
काठमाण्डौको ग्रिन सिटि अस्पतालमा उपचार गराईरहनु भएका मृगौला पीडित पौडेलको उपचारका लागि विभिन्न ब्यक्ति, संघसस्था तथा क्याम्पसहरुले आर्थिक सहयोग गरेका छन । घोराही उपमहानगरपालिका वडा नंं. १३ सेवार स्थिल गोदावरी ईग्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल विष्णुप्रभात दाहाल र भाईस प्रिन्सीपल श्रीधर भावुकले २ हजार पाँच सय ५० रुपैया सहयोग गर्नुभएको छ ।
मृगौला पीडित पौडेलको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाहरुले उपचारका लागि आर्थिक सहयोग गर्नुभएको पौडेलको छोरी शारदा पौडेलले जानकारी दिनुभयो । यस्तै घोराहीको महेन्द्र बहुमुखी क्याम्पसको विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुले समेत सहयोग गरेका छन । विविएस पहिलो वर्ष, दोस्रो वर्ष, विएससी पहिलो वर्ष, विएड पहिलो वर्ष, दोस्रो वर्ष, त्यसैगरी विएससीको बायोगु्रप्समा अध्ययन गर्ने विद्यार्थीहरुले दुई हजार ४ सय ७० रुपैया सहयोग गरेका छन ।
यस्तै दाङ महिला जेसिजका सस्थापक अध्यक्ष तथा शिक्षिका निर्मला गौतमले पाँच सय रुपैया सहयोग गर्नुभएको छ । एक वर्ष देखि मृगौला फेल भएका कारण अस्पतालमा उपचार गराईरहनु भएका पीडित पौडेलको उपचारका लागि विभिन्न निकायहरुले सहयोग गरेका छन ।
उपचारका लागि ठुलो रकम खर्च भएको र अझै पनि धेरै आर्थिक आबस्यकता पर्ने भएका कारण सहयोग गरीदिन परिवारले सबै निकायहरुलाई आग्रह गरेको छ । ५१ वर्षीय पौडेललाई बचाउनका लागि विभिन्न विद्यार्थीहरुले अभियान समेत सञ्चालन गरेका छन ।
सहयोग गर्न चाहाने इच्छुक व्यक्तिले पीडितको श्रीमती गायत्रा पौडेलको खाता नम्वर भएको कृषि विकास बैंकमा रहेको खाता नम्वर ०९१९४००४२३५११०१४ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गर्नुभको छ । त्यसैगरी मोवाइल नम्वर ९८४७८२५९५५ र ९८०६२८३००० मा पनि सम्र्पक गर्न सक्नुहुनेछ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।