प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, असार १ गते बजेट प्रस्तुत गरिने



 राजन झा जनकपुरधाम : प्रदेश २ को प्रदेश सभाको आजबाट बजेट अधिवेशन सुरु हुंदैछ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रमुख डा. राजेश झा ‘अहिराज’ले सोमबार दिउँसो १ बजे बस्ने गरी बजेट अधिवेशन आह्वान गरेका हुन् । 

 प्रदेशसभा सचिवालयले सबै प्रदेश सांसदलाई उपस्थितिका लागि अनुरोध गरेको छ । सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रि–बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको बताइएको छ । प्रदेश सरकारले जेठ २७ मा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । असार १ गते आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्