धनुषामा निषेधाज्ञा थप ७ दिन लम्बाइयो



धनुषामा जारी निषेधाज्ञा ७ दिन थप गरिएको छ । आज राती १२ बाट ७ दिनका लागी निषेधाज्ञा थप गरिएको हो ।

जिल्ला कोभिड नियन्त्रण तथा सुरक्षा समितिको आज बसेको बैठकबाट, जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएतापनि हाल सङ्क्रमणको चुनौती कायमै रहेकाले थप ७ दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको छ । साथै नेपाल रेडक्रस सोसाइटी, प्रदेश नं. २ वीरगन्जबाट जिल्ला कोभिड नियन्त्रण समितिलाई २० हजार थान मास्क, ५० थान पिपिई, ३ थान अक्सिजन कन्सनट्र्टर प्रदान गरेकोमा ,उक्त सामग्रीहरू गरिब विपन्न समुदायलाई केन्द्रित गरी स्थानीय तहहरूमा आवश्यकताको आधारमा पठाइने निर्णय गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्