टप फिचर

समाज सेवी अभियातनाको एक समूहद्वारा राहत सहयोग 

By Thah Online

June 07, 2021

महेश सिंह महतो सिरहा लहान २४ ज्येष्ठ – एक सामाजिक संस्थाले राहत सङ्कलन गरी राहत वितरणमा सहयोग गर्दै अभियानमा लागेका छन् । कुशवाहा राहत सङ्कलन तथा वितरण अभियानका संयोजक गुणानन्द महताेकाे टोलीले विराटनगर १,५, र १२ का गरिब तथा अति विपन्न ३० परिवारमा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

स्थानीयहुरेल खाद्यान्न सामग्री चामल,दाल,नुन र तेल पाउँदा निकै खुसी भएको कुशवाहा राहत सङ्कलन अभियानको सदस्य तथा अभियन्ता रामनारायण मेहनतले जानकारी गराए । बन्दा बन्दीको समय लम्बियो भने फेरी राहत सामाग्री लिएर आउने बताउँदै अभियन्ता सुरेश महतोले सामाजिक दुरी कायम गरी बस्नु घरमै बस्नु सुरक्षित भएर बस्न आग्रह गरे ।

अभियन्ता बब्लु मेहताले दोस्रो चरणको अभियान मा खाद्यान्न सामाग्री उपलब्ध गराएको बताए । खाद्यान्न सामाग्री महानगरको सबै वडाका गरिब तथा अति विपन्न परिवार बढ्ने सम्पूर्ण तयारी भैसकेको बताउँदै अभियानका संयोजक गुनानन्द महतोले बिस्तारै सबै घरमा जाने जनाकारी दिए । अभियानका सदस्य मङ्गल महतोले सबै सहयोगी हातहरूलाई आ आफ्नो ठाउँबाट स्वेच्छाले सक्ने सहयोग गरी अभियान सफल बनाइदिन अनुरोध गरे ।