राष्ट्रियसभा निर्वाचन तयारी अन्तिम चरणमा



गिरिराज नेपाली
दाङ , २१ माघ । यही माघ २४ गते राष्ट्रिय सभा निर्वाचनका लागि दाङमा हुन लागिरहेको प्रदेश नंं ५ कोनिर्वाचनको तयारी अन्तिम चरणमा रहेको प्रदेश नंं .५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । प्रदेश नं. ५ को मुख्यनिर्वाचन अधिकृतको हेमन्त रावलले राष्ट्रिय सभा निर्वाचनको तयारी आन्तरिक व्यववस्थापन , कर्मचारी व्यवस्थापन, कर्मचारी आवश्यक तालिम , मतदान स्थल र सुरक्षा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत रावलले २४ गते हुन निर्वाचनका लागि मतपत्र , आवश्यक छापहरु दाङ भित्रिसकेका उहाँले जानकारी दिनुभयो । निर्वाचनलाई सम्पन्न बनाउन विभिन्न सरोकारवालाहरु संग पनि आवश्यक छलफ,ल तथा समन्वयका काम जारी रहेको समेत जानकारी दिनुभयो । दाङमा निर्वाचन हुन लागिरहेको प्रदेश नंं ५ को राष्ट्रियसभा निर्वाचन सम्पन्न जिल्लाका क्रियाशिल सम्पूर्ण राजनितिक दलहरुहरु पनि छलफल आज सोमवार छलफल हुने जानकारी दिनुभयो ।

निर्वाचनको मतदानका लागि दुई बुथको व्यवस्थापन हुने पनि उहाँले जानकारी दिनुभयो । एक बुथमा सांसद र अर्काे बुथमा नगर तथा गाउँपालिकाहरु प्रमुख तथा उमप्रमुखहरुका लागि व्यवस्था गरिने जानकारी दिनुभयो ।

जसका १८ जना कर्मचारुकिो व्यवस्था गरिने छ । १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र २ जना कार्यालय सहयोगी गरी दुई बुथमा ९÷ ९ जनाको व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । प्रदेश नंं ५ अन्र्तगतका १२ जिल्लाका तीन सय ५ जना निर्वाचित जनप्रतिनिधिहरुले राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुदैछन । जसमा ८७ जना सांसद र २ सय १८ जना नगर तथा गाँउपालिका प्रमुख÷उपप्रमुखहरु रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्