भोलिदेखि सुरु हुने खोप अभियानमा काठमाडौंका सबै वडामा खोप केन्द्र निर्धारण (सूचीसहित)



काठमाडौँ ।  काठमाडौँ महानगरपालिकासहित काठमाडौँका विभिन्न ११ पालिकामा मङ्गलवार देखी ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ।काठमाडौँ  महानगरपालिकाले सूचना निकालेर भोलिदेखि २९ गतेसम्म भेरोसेल खोप लगाइने जानकारी गराएको छ । महानगरपालिकाका सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भेरोसेलको पहिलो खोप लगाउनका लागि विभिन्न ३२ वटा वडामा ३२ केन्द्र तोकिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको १८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समिति काठमाडौँको २३ गते आइतबारको निर्णयअनुसार कोरोना भाइरसविरुद्धको भेरोसेलको पहिलो डोज लगाउन लागिएको हो ।

काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार भोलिदेखि काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेलको पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाउन लागिएको हो ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ। चीनले कोरोना विरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो। चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्