भिडियो खिच्न आउनेले मेरो जनतालाई दु:ख दिए, प्रहरी पठाइदिनु पर्‍यो



दैलेख । कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूले नराम्रा भिडियो खिच्न आउनेहरूले आफूहरूलाई दुःख दिएको बताएका छन् । सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको फिरन्ते जाति राउटे समुदायका अगुवाहरूले विभिन्न वहानामा भिडियो फोटो खिच्नेहरूले आफूहरूलाई दुःख दिएको बताएका हुन् ।

राउटे समुदायका युवा सोविन शाहीले बाहिरका मान्छेहरू आएर तिम्रा दिदीबहिनीहरू कहाँ छन् भन्दै सोध्ने गरेको बताए। ‘बाहिरका मान्छे बस्तीमा आएर भिडियो खिच्छन्, नराम्रो नराम्रो बोल्न लगाउँछन् त्यो हामीलाई मन पर्दैन ,’उनले भने। बस्तीमा राम्रो मान्छेहरू पनि आउने गरेको सोविन बताउँछन् । ‘हामीलाई चामल, दाल, तेल कपडा लिएर सहयोग गर्न आउने मान्छेहरू देखेर खुसी लाग्छ तर, टिकटक बनाउने, नराम्रो बोली बोल्न लगाएर भिडियो खिच्नेहरूले हामीलाई दुःख दिएँ,’ उनले भने।

सोविनले बाहिरका मान्छेलाई आफूहरूको बस्तीमा आउन बन्देज गरिदिनका लागि प्रहरी पठाइदिन आग्रह समेत गरेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले नचिनेको मान्छेहरू बस्तीमा आएर आफूहरूलाई दुःख दिइरहेको बताए । उनले भने, ‘पहिला पहिला हाम्रो बस्तीमा कोही पनि आउँदैनथ्यो, अहिले नचिनेको मान्छेहरू आउँछ, मेरो जनतासँग नराम्रो व्यवहार गर्छ, त्यो हामीलाई चित्त बुझेको छैन् ।’ मुखिया शाहीले आफूहरू बसिरहेको बस्तीमा नराम्रो भिडियो, फोटो खिच्न आउनेहरूलाई बन्देज लगाउन सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय युट्युबका लागि भिडियो खिच्ने, टिकटक बनाउने नाममा निर्वाध रूपमा राउटे बस्ती पुग्नेहरूले उनीहरूलाई मदिरा सेवन गराएर अश्लील शब्दहरू बोल्न लगाउने, यौ’न दुर्व्यवहार गर्ने लगायतका अश्लील कामहरू गर्ने गरेका छन् ।  खुलेयाम राउटे बस्तीमा प्रवेश गरेर युट्युब, टिकटकका लागि अश्लील भिडियो बनाउनेहरूबाटै राउटे युवतीहरू यौन दुर्व्यवहारको सिकार बन्न थालेका छन् ।

हालै समुदायका दुई युवती यौ’न दुर्व्यवहारको सिकार बनेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका -११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा थुनेर दुर्व्यवहार गरेको खुलेको हो । गुर्भाकोटका स्थानीय युवाहरूले यौन दुर्व्यवहार गरेका हुन् । युवाहरूले दुर्व्यवहारसँगै ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।

गत शनिवार उक्त भिडियो सार्वजनिक भएपछि सुर्खेत प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । युवतीहरूलाई फकाएर होटलमा लगेर यौ’न दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले स्थानीय शुभकामना होटेलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय चमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई प’क्राउ गरेको छ । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर लट्ठ पारी यौ’न दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ । प’क्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

राउटे युवतीहरूलाई यौ’न दुर्व्यवहार गर्ने व्यक्तिलाई घटनाको गहन अनुसन्धान गरी कडा कारबाही गर्न सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाहरुले माग गरेका छन् । गुराँस गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

राउटे नागरिकहरू दैलेखको गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । यद्धपी उनिहरु दैलेख तथा सुर्खेतका विभिन्न जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका छन् । राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान ग¥यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । अहिले राउटे समुदायको जनसङ्ख्या एक सय ४५ छ ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्