सैघाली खबर
काठमाण्डौ, २१ माघ । प्रदेश २, ५, ६ र ७ मा आइतवार प्रदेश सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसदहरुले सम्बन्धित प्रदेशको आर्थिक समृद्धिका लागि दलीय दायराबाट माथि उठेर मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
अधिकांश प्रदेशमा आइतवारको प्रदेश सभा बैठकहरुले संसद कार्यसञ्चालन कार्यविधि अनुमोदन गर्दै सभामुख र उपसभामुखको निर्वाचनको दिन तोकेका छन्। प्रदेश २ मा भने पहिलो बैठकमा शहीदहरुको तस्बिरको विषयलाई लिएर केहीबेर होहल्ला पनि भएको थियो। प्रदेश सभाको पहिलो बैठकस् एकतामा जोड
समृद्धिको सपना
प्रदेश ६ को प्रदेश सभा बैठकमा एमाले, माओवादी केन्द्र, कांग्रेस र राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए। उनीहरुले प्रदेश ६ भौगोलिक रुपमा ठूलो भएपनि विकासमा पछि परेको भन्दै आर्थिक समृद्धिको लक्ष्य लिएर अघि बढ्ने साझा प्रतिबद्धता जनाएका छन्। सभामुख र उपसभामुख चयनका लागि प्रदेश सभाको बैठक माघ २९ गते डाक्ने निर्णय भएको बीबीसीकी जुम्ला संवाददाता कृष्णमाया उपाध्यायले जनाएकी छन्।
विवाद
प्रदेश २ को प्रदेश सभा बैठकमा केहीबेर होहल्ला हुन पुग्यो। कतिपय सांसदले सभामुख बस्ने कुर्सी पछाडिको भित्तामा तराई आन्दोलनमा मारिएका शहीदहरुको फोटो राख्नुपर्ने माग गरेका थिए । दलगत हिसाबले बैठकमा सम्बोधनका लागि निश्चित समय छुट्याइएको थियो।
तर एमालेभित्र दुई गुट देखिएपछि उक्त दलले पाएको १० मिनेट आधा(आधा गरिएको थियो। सत्यनारायण मण्डल र शत्रुघ्न महतोले पाँच(पाँच मिनेट सम्बोधन गरेका थिए। कुल ७ जनाले बैठकमा सम्बोधन गरे। तीमध्ये दुई जनाले हिन्दीमा र बाँकीले मैथिली भाषामा सम्बोधन गरेको बीबीसीका जनकपुर संवाददाता बृजकुमार यादवले जानकारी दिए। सभामुख र उपसभामुखको चुनावका लागि आगामी फागुन २ गते बैठक डाकिएको छ।
प्रदेश सभा ५
कतिपय प्रदेशमा सांसदहरुको स्वागतका लागि गेटहरु बनाइएका थिए
प्रदेश ५ मा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बुटवलमा बसेको प्रदेश सभाको पहिलो बैठकले फागुन २ गते सभामुख र उपसभामुख चयन गर्ने निर्णय गरेको छ।
बैठकले सभामुख र उपसभामुख नभएको अवस्थामा बैठक सञ्चालनका लागि पाँच सदस्यीय एक समिति पनि गठन गरेको बीबीसीका बुटवल संवाददाता माधव नेपालले जनाएका छन् । आइतवारको बैठकमा पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । बैठकमा पाँच जना सांसदले सम्बोधन गरे। प्रदेश सभाको पहिलो बैठक हेटौडामा
विकासको वाचा
प्रदेश ७ को प्रदेश सभा बैठकमा पनि पाँच जना सांसदले बोलेका थिए। उनीहरुले प्रदेशको विकासका निम्ति मिलेर काम गर्ने वाचा गरे। सभामुख र उपसभामुखको चुनाव माघ २९ गते गर्ने निर्णय भएको बीबीसीका धनगढी संवाददाता उमीद बागचन्दले जनाएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।