काठमाडौं । राउटे समूदायकी युवतीमाथि भएको यौ’न दु’र्व्यवहारबारे अनुसन्धान गरि दोषीमाथि का’रबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ ।
मदिरा सेवन गराएर राउटे युवतीमाथि सुर्खेतको एक होटेलमा सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का युवाहरुले यौ’नजन्य कार्य गर्न बाध्य बनाएको मानव अधिकार आयोगले जनाएको छ ।
आयोगले ती युवतीलाई राउटे समुदायले बहि’स्कार गर्न सक्ने अवस्था आउन सक्ने भन्दै उनीहरुको ज्यान नै जोखिममा पर्न सक्नेमा सचेत गराएको छ ।
यस्तै, राउटे युवतीलाई मुखियाले ४ महिना न’जरबन्द गरि बन्दी बनाइएको जानकारी आएको समेत आयोगले जनाएको छ । राउटे युवतीमाथि यौ’न दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि अहिले चौतर्फी वि’रोध भइरहेको छ । भने, यौ’ न दु’र्व्यवहार गरेको आ’रोपमा तीनजनालाई प्रहरीले प’क्राउ गरिसकेको छ ।
विज्ञप्ति:

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।