काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनाको परीक्षण गर्दा ४ हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ हजार २ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३७० जना र ५ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १०२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको मूल सङ्ख्या ६ लाख ६ हजार १५५ पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ९२ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ९९० पुगेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।