गीत: वैरो व्यवसायी छन् है नवीकरणकै पीडामा



वै रो व्यवसायी छन् है सय नपठाउन सकेकै पीडामा ।
एउटा राम्रो नेता चाहियो है आठ सय चवन्नकै भिडमा।। 

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।।

बाचेका भए पक्कै पार लाउँथे होला अध्यक्ष गैर ।
त्यस्तो ठाउँमा खै को नै जन्मेला है अब ऐले।।
 
बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

एक सयको सिन्डिकेट बनाइ दिए ओइ रो मन्त्री विष्ट राजाले।
सबै व्यवसायीहरू मुन्टो निहुराउदैछन् कम्पनी नवीकरण नहुने लाजले।। 

दुःख पाइस् मङ्गले के गर्छस् आफ्नै ढङ्गले।
करोडौँको धरौटी र वार्षिक एक सय अनिवार्य पठाउनु पर्छ भनी लेखेर दियो भन्छन् आफ्नै सङ्घले।। 

यो समस्याको पक्कै समाधान होला है अध्यादेशका धाराले।
व्यवसायीहरू चुपचाप बसेर के नवीकरण होला त यस्तो पाराले।। 

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

सबैलाई छोयो भन्छन् बजेटले ओइ रो लाई किन छोएन!
रेमिटेन्स बिना देश चल्दैन भन्छ सरकार तर यिनको ध्यान किन त्यता गएन!! 
 
साह्रै सकारात्मक सोचका छन् रे विभागका डि जी, सचिव र मन्त्री ।
पक्कै तिमीहरूको कम्पनी नवीकरण हुन्छ भनी कसैले पधेरा भन्थी ।। 

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

पापी कोरोनाले बर्बाद बनायो घरमै थुनी राखेर।
बसेका छन् ओइ रो व्यवसायी घरभित्रै श्री उनै श्री पशुपतिनाथलाई नै भाकेर।। 

आनन्दले पेसा गर्नुस् भन्थे प्र म ले तरकारी वाली र म्यानपावर वाली।
उनै प्र म सत्तामा छन् पक्कै नवीकरण त गरिदेला नि त है यसपालि।। 

कहिले काहीँ विज्ञप्ति निकाल्दै छन् पूर्व अध्यक्ष जू बेलालामा।
अहिले पछुताएर के गर्नु यस्तो बनाए हुन्छ भनी सहमति दिए आफ्नै पालामा।। 

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

ओइ रो भित्र छन् है धेरै विभिन्न आस्थाका घटक ।
सबै मिलेर समस्याको समाधान निकाल्न अनुरोध छ है फेरि एकपटक। बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

किन चुपचाप बसेको छ है अहिले हाम्रो ओइ रो सङ्घ।
सबै समस्याको समाधान निकालोस् है बेलैमा निकालेर ढंग।। 

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

सबै काम मिलाउँछु भन्थे ओइ रो लोकतान्त्रिक व्यवसायी एसोसिएसनका अध्यक्ष ढकाल ।
उनी पनि छन् है मातृ शोकमा माता जी को मृत्यु भएर अकाल।। 

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।
असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।। 

सिन्डिकेट लगाउन पाइन्न भन्ने लेखेको छ भन्छन् नेपालको संविधानमा।
किन त्यस्तो सिन्डिकेट बनाउने कुरा लेखियो त है फेरि विधानमा!
बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भइसक्यो है हतार।
धन्यवाद । ओइ रो = वैदेशिक रोजगार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्