अनलाइन ठगी कार्यमा संलग्न प’क्राउ



जेठ २४, काठमाडौँ । सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरूबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने नीरज कुमार सिंहलाई प्रहरीले प’क्राउ गरेको छ ।

वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुकाई प्रलोभनमा पारी पीडितहरूलाई विभिन्न व्यक्तिहरूको नाममा रहेको बैङ्क खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये नीरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प’क्राउ गरेको हो ।

उनी उपर ठगी कसुरमा आवश्यक कारबाही गर्नका लागि महानगरीय अपराध महाशाखामा दर्ता भएको जाहेरी दरखास्त/निवेदन लगायतका कागजातहरू जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्