काठमाडौँ। सरकारले मुलुकभर जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ।
बाँकेमा गत वैशाख १३ गते र काठमाडौँ उपत्यकामा वैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञा ७५ वटा जिल्लामा कायम रहेको छ। जस कारण जनजीवन प्रभावित भइरहेको र कोरोना सङ्क्रमण दर पनि घटिरहेका बेला सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको हो।यसका लागि गृह मन्त्रालयले छलफल गर्न थालेको छ । निषेधाज्ञाको मोडिलाटी परिवर्तन गर्न गृहले छलफल थालेको हो।
मुलुकभरका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर गृह मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउन लागेको हो। यसका लागि जिल्लाको अवस्थाबारे गृहले जानकारी मागिरहेको छ। अत्यावश्यकीय बाहेक सेवा अहिले रोकिएका छन्। अब केही क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको हो।
अधिकांश जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।