कहिले चिनिन्छन सात प्रदेशका सभामुख ?



सैघाली खबर
काठमाण्डौ , २१ माघ । संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक शुरु भएको छ । प्रदेश(१ र ४ को पहिलो बैठक सोमबार बस्नेछ। प्रदेश(३ को बैठक यसअघि नै माघ १८ गते हेटौंमा सम्पन्न भइसकेको छ। संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन्।

प्रदेशसभाका बैठक व्यवस्थापिका–संसद्को बैठक झैँ संसदीय विधि र प्रक्रियाअनुसार नै चलाइएको छ। नेपालको केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित बनाउने र अधिकार सम्पन्न प्रदेशसभा गठन गर्ने लक्ष्यका साथ गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनले राजनीतिक दलका आकार र प्रकारसमेत स्पष्ट पारिसकेको छ।

नेपालको राजनीतिक इतिहासमा आजको दिन महत्वपूर्ण रह्यो। प्रदेशसभा सचिवालयका अनुसार आज प्रदेश नं २, ५, ६ र ७ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक बस्यो। सबै प्रदेशसभाको बैठकले सभामुख चयनको कार्यसूची तय गरेको छ।

१८ माघको बैठकले प्रदेश–३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरेको छ। आज बसेको प्रदेशसभाको बैठकले प्रदेश९१ माघ २९, प्रदेश–२ २ फागुन, प्रदेश ४ मा ३ फागुन ९सम्भावित०, प्रदेश–५ २ फागुन २, प्रदेश–६ मा २९ माघ २९ र प्रदेश–७ मा २९ माघ मा सभामुख चयन गर्ने कार्यसूची तय भएको छ।

प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलकाबीचमा समेत छलफल प्रारम्भ भएको छ। नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का बीचमा भएको सहमतिअनुसार प्रदेश–१, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश– ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति छ ।

प्रदेश–१ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति छ । एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी छन्। एमालेकै अर्का नेता शेरधन राईसमेत मुख्यमन्त्रीको आकांक्षी रहेकाले सभामुखको उम्मेदवार टुंगो लागिसकेको छैन। दुई दलीय कार्यदलले सभामुख चयनमा यसअघि नै सहमति जुटाएको थियो।

प्रदेश–२ मा भने राष्ट्रिय जनता पार्टी ९राजपा० ले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। सभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने राजपाका महासचिव मनिष सुमनले बताए। सुमन स्वयं पनि सभामुखको दाबेदार हुन्। सो प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेको छ।

प्रदेश–३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ। सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको यो प्रदेशमा यही माघ २७ गते सभामुख चयन गर्ने कार्यसूची छ।

यस्तै प्रदेश–४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी छन्।। गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा राखेका छन्।

प्रदेश–५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादी केन्द्रले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्व रुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गरेका छन्। रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुखका लागि इच्छा व्यक्त गरेको भए पनि पार्टीले गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उनीहरुको भनाई छ।

प्रदेश–६ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमालेले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन। सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन्। पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने शाही बताउँछन्।

यस्तै प्रदेश–७ मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट नै उम्मेदवारी दिने तयारी छ। एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा छ । तर आधिकारिक निर्णय भने हुन बाँकी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्