सिम क्षेत्रमा आएर एसाइलम खोज्नेहरूको स्क्रीनिङका लागि बाइडेन प्रशासनले गैर नाफामूलक संस्थासँग सहकार्य गरेको छ । हरेक दिन दक्षिणी सिम क्षेत्रबाट अमेरिका आउने २५० जना कुन कुन व्यक्ति छनौट गर्ने भन्ने सन्दर्भमा बाइडेन प्रशासनले गैर नाफामूलक संस्थासँग सहकार्य गरिरहेको छ ।
सम्भावित एसाइलम आवेदकको स्क्रीनिङका लागि ६ वटा संस्थासँग सहकार्य भइरहेको छ । अमेरिकामा एसाइलमको प्रतीक्षामा बसिरहेका दक्षिणी सिमाक्षेत्रका आप्रवासीहरूलाई कसकसलाई अमेरिका प्रवेश गर्न दिने भन्ने प्रारम्भिक छनौट गैर नाफामूलक संस्थाहरूले गरेपछि उनीहरूलाई अमेरिकन अध्यागमन अधिकारीहरूले प्रक्रियामा लैजाने गरेका छन् ।
इन्टरनेशनल रेस्क्यु कमिटी, सेभ द चिल् ड्रेन, एच आईएएस, किड्स इन नीड अफ डिफेन्स, एसा इलम एक्सेस र इन्स्टिच्युट फर वुमन इन माइग्रेशनसँग बाइडेन प्रशासनले सहकार्य गरिरहेको छ । उनीहरुले आगामी जुलाई ३१ सम्म सम्भावित एसाइलम आवेदकबारे पुनरावलोकन गर्नेछन् । डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटी यस्तो सहमति भएको स्वीकार गरेको छ ।
बाइडेन प्रशासनले मङ्गलवार औपचारिक रूपमा सिम क्षेत्रमा एसाइलम खोज्नेलाई अदालती प्रक्रियासम्म मेक्सिकोमा प्रतीक्षा गर्न पठाउने ट्रम्प प्रशासनको कार्यक्रमलाई खारेज गरिदिएको छ । यो कार्यक्रम अन्तरगत ट्रम्प प्रशासनको पालामा झन्डै २५ हजारलाई मेक्सिको पठाइएको थियो ।
बाइडेन प्रशासनले गत फरबरीमा तीन वटा पोर्ट अफ कन्ट्रीबाट हरेक दिन बढीमा ३ सय जनासम्मलाई प्रक्रियामा लैजानका लागि छुट्टै कार्यक्रम घोषणा गरेको थियो । खसाेखासबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।