काठमाडौं । काठमाडौंको बौद्धमा बारेमा राखिएको अवस्थामा एकजनाको शव भेटिएको छ । टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘म पनि घटनास्थल पुग्दैछु । केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’ घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।