‘प्रदेश नम्बर ५ समृद्धिका लागि दाङ राजधानी तोकिनुपर्छ ’



 

सैघाली खबर
रुपन्देही , २१ माघ । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो मत राख्दै प्रदेश नं. ५ लाई नमुना प्रदेशका रुपमा विकास गर्ने सासंदहरुले प्रतिवद्धता जनाएका छन । एमाले संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश ५ लाई नमुना प्रदेश बनाउने बताए । शून्य संरचनाबाट काम गर्नुपर्ने चुनौती रहेको भन्दै उहाँले यसलाई मुलुककै नमुना प्रदेश बनाउन सकिने अवसर पनि रहेको धारणा राख्नुभयो । पोखरेलले निकै कम समयमा धेरै कानुन पनि निर्माण गर्नुपर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने समेत बताउनुभयो । उहाँले प्रदेशको विकास लागि भौगोलिक रुपमा समदुरी रहेको दाङ नै उपयुक्त रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘ जसका लागि प्रदेश नंं ५ को स्थायी राजधानी दाङ नै तोकिनु पर्छ । ’

त्यस्तै प्रदेशसभा सदस्यहरुले प्रदेशसभाको पहिलो वैठकमै अपाएक दुरीमा राजधानीको अस्थाई मुकाम तोकिएको आपत्ती जनाएको छन । नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले प्रदेश राजधानी बुटवल राखिएकोमा आपत्ति प्रकट गर्नुभयो । प्रदेश राजधानीलाई लिएर बलेको आगो निभाउन प्रदेशसभाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले सबै मिलेर विकास गर्नुपर्ने बताए । संघीय समाजवादी फोरमका सहश्राम यादवले सबै नागरिकलाई समेट्ने कानुन बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले मुलुक समृद्धि बनाउनुको विकल्प नभएको बताउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्