कविता ” आउँदैन समृद्धि” 



     राज कुमार कार्की

निकाल्दै छन् चुरेमा ढुङ्गा बालुवा गिट्टी 
नेपाल आमा रुदैछिन छाती पिटीपिटी । 

बनिँदै छ है अब त तराई पनि मरुभूमि 
खन्दैछ्न् डोजरहरु चारैतिर घुमी घुमी । 

 बेचिँदै छन् आमाको छाती टुक्रा टुक्रा काटेर 
 कहिले सम्म टिक्छौ नै होला अब त ढाँटेर । 
 
स्वाद लिँदै छन् यिनैले चाटेर अब त रछ्यान ! 
आनन्दले सुक्ला हुनुहुन्छ लगाएर ओछ्यान । 
 
रुदैछिन नेपाल आमा आँसुका धारा झारेर 
के यो देश समृद्धि होला आमालाई मारेर ? 
 
आमा लिलाम गरी पुरा गर्ने रे व्यापार घाटा ! 
निर्दयी मुटु रहेछ तिम्रो कसरी गरेऊ आँट ।

 सम्पन्न बन्ला त देश आमालाई लिलाम गरेर 
कस्तो गणतन्त्र आयो जनता बस्ने आवज मारेर । 
 
बन्दै छ है अब त तराईको जमिन मरुभूमि 
कुद्नेछन् यहाँ पानी जहाज मनोरेल घुमी घुमी । 

 दैनिक सधैँ मूल्य वृद्धि हुन्छ फेरि यहाँ तेलको 
छकछक आवाज आउदैछ कानमा मनोरेलको । 

आउँदैन समृद्धि देशमा आमाको छाती चिरेर 
छोपिँदैन राष्ट्रवाद अनुहारमा मुखुण्डो भिरेर ।
          । धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्