साहित्य/कला

कविता ” आउँदैन समृद्धि” 

By Thah Online

June 08, 2021

     राज कुमार कार्की

निकाल्दै छन् चुरेमा ढुङ्गा बालुवा गिट्टी  नेपाल आमा रुदैछिन छाती पिटीपिटी । 

बनिँदै छ है अब त तराई पनि मरुभूमि  खन्दैछ्न् डोजरहरु चारैतिर घुमी घुमी । 

 बेचिँदै छन् आमाको छाती टुक्रा टुक्रा काटेर   कहिले सम्म टिक्छौ नै होला अब त ढाँटेर ।    स्वाद लिँदै छन् यिनैले चाटेर अब त रछ्यान !  आनन्दले सुक्ला हुनुहुन्छ लगाएर ओछ्यान ।    रुदैछिन नेपाल आमा आँसुका धारा झारेर  के यो देश समृद्धि होला आमालाई मारेर ?    आमा लिलाम गरी पुरा गर्ने रे व्यापार घाटा !  निर्दयी मुटु रहेछ तिम्रो कसरी गरेऊ आँट ।

 सम्पन्न बन्ला त देश आमालाई लिलाम गरेर  कस्तो गणतन्त्र आयो जनता बस्ने आवज मारेर ।    बन्दै छ है अब त तराईको जमिन मरुभूमि  कुद्नेछन् यहाँ पानी जहाज मनोरेल घुमी घुमी । 

 दैनिक सधैँ मूल्य वृद्धि हुन्छ फेरि यहाँ तेलको  छकछक आवाज आउदैछ कानमा मनोरेलको । 

आउँदैन समृद्धि देशमा आमाको छाती चिरेर  छोपिँदैन राष्ट्रवाद अनुहारमा मुखुण्डो भिरेर ।           । धन्यवाद ।