मुख्यमन्त्री भट्टको पद जोगियो, पाए ३० मत



सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलवार प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३० मत परेको थियो । 

विपक्षमा ९ मत परेको थियो । मङ्गलवार प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीको विश्वासको मत प्राप्त गर्ने प्रस्तावको पक्ष विपक्षमा मतदान गराइएको थियो । मतदान पछि सभामुख अजुर्न थापाले प्रस्तावको पक्षमा परेको ३८ मत प्रदेश सभाको बहुमत भएकाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बैठकबाट विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । मतदानमा सहभागी नभएको सङ्ख्या १२ रहेको छ । योसँगै सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार जोगिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्