वडा अध्यक्षले दलित युवालाई हा’तपातको प्रयास , ज्यानमार्ने धम्की



जाजरकोट बारेकोट गाउँपालिका वडानं -६- वडाअध्यक्ष तिले महतारा (भक्री) द्वारा सोही वडाका युवा डम्बर विश्वकर्मा माथि हा’तपात प्रयास तथा ज्यान मार्ने धम्की समेत दिएका छन् । सोमबार बेलुका ५:३० बजे कार्किज्युला निज अध्यक्ष महताराको घर नजिकै हा’तपात स्वरुप स्थानिय काठको साधन(मुसल) उठाएर हान्न तम्सिएको तर स्थानीयले रोकेर आफू जोगिएको पीडित डम्बर वि.क ले बताएका छन् । वडाको विकासात्मक कार्य देखी,योजना तर्जुमा र सार्वजनिक सम्पत्तिको विषयमा आवाज उठाए देखी हा’तपातको प्रयास गरेका हुन् ।

निरंकुशवाद,नातावाद,सामन्तवदि परम्परागत रुढी बादी सोचबाट ग्रसित वडाअध्यक्ष महताराले गत बर्ष (२०७७ आषाढ २५) को बाढीको विषयमा बोल्दा समेत आफूलाई अछुत,पानी नचल्ने,डुम जस्ता नीच,अपाछ्य शब्दहरूको समेत प्रयोग गरेको तर पनि चुप लाग्नु पर्ने अवस्था रहेको पीडित डम्बर वि.क. को भनाइ छ ! वडामा हुने सार्वजनिक महत्त्व,योजना तर्जुमा छनोट,आयोजनाका कामहरूमा समेत एकलौटी ढङ्गले कसैलाई जानकारी नगराउने गरेकोले सिङ्गो दलित बस्ती नै मारमा रहेको त्यहाँका दलित समुदाय(ताँसी) को गुनासो रहेको छ ।

वडाको सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग,भ्रष्टाचार,राहत,लक्षित वर्गको बजेट तथा कार्यक्रम आदि विषयमा युवा डम्बर ले व्यापक विरोध गर्ने भएकोले अध्यक्ष महतारा आफुप्रती सधैँ नकारात्मक रहेको उनले बताए । वडाको दलित समुदायलाई होच्याउने,हेप्ने,डुम जस्ता अपाछ्य शब्दहरू प्रयोग गर्ने वडाअध्य्क्षको क्रियाकलाप ले गर्दा सिङ्गो दलित समुदाय दविएर बस्नुपरेको र सधैँ ध’म्कीपूर्ण व्यवहारले गर्दा असुरक्षित भएको बारेकोट-६- ताँसिका दलितहरुको भनाई रहेको छ ।

नेपाली जनताको त्याग,महान जनयुद्ध,सहिदहरूको रगतबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा पनि राज्यको जिम्मेवार व्यक्तिबाट हेपिनु,दबिनु निर्मम शब्दहरू प्रयोग गरिनु सिङ्गो दलित समुदायकै लागी खेदजनक रहेको छ ! सम्बन्धित स्थानीय निकायले तत्काल ध्यान पुर्‍याउने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्