सैघाली खबर
दाङ, २१ माघ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय कानुन बनाउने भएको छ । स्थानीय तहको क्षेत्र अधिकार भित्र रहेर नीति र कानुन वनाउने भएको छ । नगर कार्यपालिकाको वैठकले विभिन्न ३६ वटा विषयमा कानुन वनाउनका लागि कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी तोकेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा वसेको वैठकले तत्काल सबै विषयका कानुन वनाएर स्थानीय तहमा काम सुचारु गर्ने पनि वताएको छ ।
स्थानीय तहमा सवै अधिकार प्रत्यायोजन गरिएकाले कानुन वनाउन लागिएको नगरप्रमुख पाण्डेले जानकारी दिएका छन् । उनले कानुन निर्माण भएसँगै काम अगाडि वढाउनका लागि सजिलो हुने समेत वताए । कार्यपालिकामा प्रतिनिधित्व गर्न सवैलाई सल्लाहकार राखेर कानुन वनाउने जिम्मेवारी तोकेको बताइएको छ ।
यसैगरि कार्यपालिकाको बैठकले तुलसीपुर उपमहानगरले भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालन गर्न थालेको यान्त्रिक साधन सञ्चालन सम्वन्धि कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित गरेसँगै भौतिक निर्माणका लागि उपमहानगरपालिकाले सुलभ दरमा जनताका लागि जेसिवी, रोलर, टिप्पर र टेक्टर उपलब्ध गराउने छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।