राउटे युवतीलाई यौ’न दु’र्व्यवहार गर्ने तीन जना विरुद्ध राउटे उत्थान संस्थाले हाल्यो जाहेरी



राउटे युवतीमाथि यौ’न दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फि विरोध भयो । स्थानीय युवाहरुले गुर्भाकोट–९ बोटेचौरमा रहेको मेहेलकुना होटलमा खाना खान जाने प्रस्ताव गरे । होटलमा जान मञ्जुर भएपछि युवाहरुले मदिरा सेवन गरी ती युवतीलाई समेत मदिरा सेवन गराए ।

ती दुई युवतीलाई होटेलमा लागि मदिरा खुवाइ यौ’न दु’र्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका वाड नं ९ का होटल सञ्चालक २९ वर्षीय मिलन पुन, सोही ठाउँका २४ वर्षीय भूपेन्द्र बुढामगर र ३५ वर्षीय चमन घर्तीमगर विरुद्ध राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल लुम्बिनी प्रदेश कार्यालय दाङ उपाध्यक्ष एग्य बहादुर बुढाले जबरजस्ती करणीको मुद्दा दिएका छन् ।

घुमन्ते जीवन बिताइरहेका राउटे समुदाय अहिले गुर्भाकोट नगरपालिका वडा नं ९ मा बस्दै आएका छन् । राम्रोसँग नेपाली बोल्न र बुझ्न नसक्ने राउटेहरूको आफ्नै नियम , कानुन र अदालत छ देशको संविधान र कानुन नमान्ने राउटे समुदाय आफूहरूलाई जङ्गलको राजा मान्दछन् । उनीहरूमा आफ्नै न्याय इन्साफ दिने र सजाय दिने मुखिया हुन्छ ।

आफ्नो समुदाय बाहेक अरू सँग लसपस केही भएको थाहा पाए भालाले रोपेर मृत्युदण्ड समेत दिन सक्ने उनीहरूको आफ्नै कानुन भएको हुँदा पीडित युवती माथि भएको घटना राउटे परिवारमा पुर्‍याए र थाहा पाए युवतीहरूको ज्यान नै जान सक्ने खतरा भएको हुँदा । राउटे परिवारलाई थाहा नदिई जाहेरी दर्ता गरेको एग्य बहादुर बुढाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्