आज थप ५१५३ जना सङ्क्रमित थपिए, १०८ को मृत्यु 



पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७६ जनाको परीक्षण गर्दा ५ हजार १५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १२ हजार ६५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ८७० जना र ५ हजार ६११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २८३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको मूल सङ्ख्या ६ लाख ११ हजार ३०८ पुगेको छ ।

यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ४ हजार ५३० पुगेको छ । कोभिड–१९ को सङ्क्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्