बढ्दै दाता , जन्मोत्सवका अबसरमा वडाध्यक्ष वंलीले गरे दुईलाख दान



 

गोकर्ण पौडेल
दाङ ,२१ माघ । जनकल्याण माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयका लागि आयोजना गरिएको महायज्ञमा दाताको संख्या र रकम दिनहु बढ्दै गएको छ । माघ १८ गतेदेखि सञ्चालन भएको महायज्ञमा आइतबार सबैभन्दा बढि सहयोग रकम संकलन भएको छ । आइतबार हालसम्मकै सबैभन्दा बढि रकम तुलसीपुर  उपमहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीको परिवारले २ लाख २ हजार सहयोग गरेको छ ।

वडाध्यक्ष वलीको जन्मदिनको अवसर पारेर वली परिवारले उक्त रकम विद्यालयलाई प्राविधिक शिक्षालयका लागि सहयोग गरेको थियो । एक लाख ११ हजार सहयोग गरेर मञ्चमा पुगेका वलीलाई मुख्य कथावाचक दिनबन्धु पोख्रेलले थप सहयोग गर्न हौस्याएका थिए । साथै उनले जन्मदिनको अवसरमा माधव वलीका बुवा चेतबहादुरवली वली , आमा रेखादेवी वली श्रीमती सिर्जना केसी र भाई बसन्त वलीले संयुक्तरुपमा उक्त रकम सहयोग गरेका हुन् । कार्यक्रममा प्रमुख कथावाचक दिनबन्धु पोख्रेलले आगामी निर्वाचनमा मेयरकारुपमा विजयी हुन अग्रीम शुभकामना दिन समेत भ्याएका थिए ।

साथै ३१ औ जन्मदिनको अवसरमा माधव वलीकी आमाले अशोकको बिरुवा हस्तान्तरण गरेर शुभकामना दिएकी थिइन । तुलसीपुर उपमहानगरपालिकाले थालेको सफा तुलसीपुर हरियो तुलसीपुर अभियानलाई सन्देशकारुपमा अघि बढाउन आफूले जन्मदिनको अवसरमा जनकल्याण माध्यमिक विद्यालयमा अशोकको बिरुवा रोपण गरेको वडाध्यक्ष वलीले बताए ।

आइतबार विद्यालयका प्रधानाध्यापक हिमबहादुर भण्डारीले एक लाख एक सय ५, झकबहादुर वलीले ७५ हजार ५ सय ५५, आमा राधा सुवेदी, छोरा दीपक सुवेदी र छोरी अमृता सुवेदीले संयुक्तरुपमा ५१ हजार एकसय ५१, बलिचन्द्र सुवेदी र टीका सुवेदीले ५१ हजार एकसय ५१, वीरेन्द्र अवस्थीले ५१ हजार एक सय ५५, विद्यालयका सहायक प्रधानाध्यापक पुष्कर अधिकारीले ३० हजार ५, हेमन्तकुमार रिजालले ११ हजार १ सय ५५, डिल्लीबहादुर बस्नेत र देवी बस्नेतले १५ हजार ५, आमा समूह वडा नम्बर १८ र १९ले १० हजार ५, देवा बस्नेतले १५ हजार एक सय २५, विमला गौतमले १५ हजार एक सय ५, जैमती खत्रीले १५ हजार एक सय २५, रुद्रराज पाण्डे र हिमीदेवी पाण्डेले १५ हजार एक सय ५, ताराबहादुर खडकाले १५ हजार एक सय ५५ सहयोग भएको आर्थिक व्यवस्थापन उपसमितिका सदस्य केवल डाँगीले जानकारी दिएका छन् । त्यसैगरी विभिन्न अनुष्ठानबाट ३८ हजार ५५ जम्मा भएको अनुष्ठान उपसमितिका नारायण पोख्रेलले जानकारी दिएका छन् ।

जन्मदिनमा नातीले गरे अक्षयकोषको स्थापना
यसैबिच तुलसीपुर उमपहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले जनकल्याण माध्यामिक विद्यालयमा आफ्ना्े ३१ औ जन्मदिनको अवसर पारेर हजुरबा हजुर आमाको नाममा टीका भगवती स्मृति अक्षय कोषको स्थापना गरेका छन् । ५० हजारको अक्षयकोषबाट प्राप्त हुने ब्याजले प्रत्येक वर्ष कक्षा एकदेखि दशसम्म अध्ययन गर्ने एक जना जेहेन्दार असहाय छात्र÷छात्रा मध्ये एकजनालाई पुरस्कृृत गर्ने उद्देश्य राखिएको छ ।

३५लाख बढिको जग्गा दान
आइतबारसम्म विभिन्न व्यक्तिहरुले ३५ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । मुल आयोजक समितिका महासचिव गेहराज पौडेलले १५ लाख, चन्द्रबहादुर डागीले १० लाख २५ हजार, तिलकबहादुर डाँगीले ५ लाख, युगल अधिकारीले ५ लाख बराबरको जग्गा दान दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्