महिलाको चुल्ठो समाउनेलाई महिला मन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शुक्रवारदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त जसपाकी रेणुका गुरुङबारे सैनिक वृत्तमा राम्रै चर्चा सुरु भएको छ । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका झन्डै डेढ दर्जन सांसदमध्ये मन्त्री नियुक्त १० जनामा गुरुङ एक्लो गैरमधेशी समुदायको हुनुहुन्छ ।

खोटाङमा जन्मेर बैंशालु जीवन इटहरीमा बिताउनुभएकी गुरुङ नेपाली सेनाको एक जना पूर्वअधिकृतको अर्धाङ्गिनी पनि हुनुहुन्छ । गुरुङ्ग लेफ्टिनेण्ट कर्णेलमा लामो समय रहेर प्रमुख सेनानी (लेखा समूह) बाट दुई वर्षअघि सेवानिवृत्त केदार भुजेलकी श्रीमती हुनुहुन्छ । भुजेलले सिपाहीबाट सेनाको सेवा सुरु गरेको सैन्य स्रोतले बताएको छ । उनी त्यसपछि बेसिक २६ को अफिसर भएका थिए । श्रीमान् अधिकृत भएपछि उनको सरुवासँगै त्यतै जाने क्रममा भुजेल दम्पती केही वर्षअघि काठमाडौँको डल्लुस्थित सैनिक अधिकृत क्वार्टरमा बसेको थियो ।

त्यही आवासमा पछि प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सैनिक सचिव समेत बनेका एकतारे जर्नेल खड्ग मल्लको परिवार पनि बस्थ्यो । रहँदा बस्दा मल्लकी श्रीमतीले आशङ्कासहित धेरै पटक कराउँदा र एकाध पटक भुत्ल्याउँदा गुरुङले पनि मल्लकी श्रीमतीको चुल्ठो समाएको देख्नेहरू अहिले प्रधानमन्त्रीले मन्त्रालयको जिम्मेवारीचाहिँ मिलाएरै दिएको भन्न थालेका छन् ।

म्याग्दीका मल्ल यसअघिकाको पालामा एक तारे जर्नेल भएर सैनिक सचिवको रूपमा कार्यरत थिए । उनी पनि सेवानिवृत्त भइसकेका छन् । गुरुङले पछिल्लो स्थानीय निर्वाचनमा टोखा नगरपालिकाबाट उपमेयरमा प्रतिस्पर्धा गर्दा ९९ मत ल्याएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्