बझाङ बचाउ अभियानमा पास्टर मदनले ५० हजार सहयोग



उत्तम कुमार थापा बझाङ जिल्लामा बझाङ बचाउ अभियानमा पास्टर मदन एस्केले पचास हजार सहयोग गर्नुभएको छ । बझाङ जिल्लामा केही समय अगाडि नरेन्द्र खड्काले लगायतका व्यक्तिले काेराेना भाइरस कोभिड १९ वाट बिरामी बचाउन चालिएको बझाङ बचाउ अभियानलाई निकाेर्ष चर्चका पास्टर मदन एस्केद्वारा ५० हजार सहयोग गरिएको हो ।

जिल्ला अस्पताल बझाङमा रहेका कोही पनि बिरामीलाई अप्ठ्यारो नहाेस भन्दै चलाईएकाे अभियानलाई मानवताकाे धर्मले जय पृथ्वी नगरपालिका १० बस्ने एस्केले अक्सिजन कन्सन्ट्रेटेर किन्नको लागि Nikos church का पास्टर मदन एस्के को समन्वयमा Emmanuael Bhutanese Nepali Church , OhioColumbus Pastor Yusuf & Dilli Lumjel मार्फत सहयोग गर्नुभएको थियो ।

पास्टर मदनले यस अघि पनि लाखौँको राहत विभिन्न गरिब दिन दुखी असहायलाई सहयोग गरिसक्नुभएको विजय थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्