न्यु सङ्गीता मेडिकलको पहलमा बराह क्षेत्र नगरपालिकालाई २ लाख बढीको कोभिड औषधि प्रदान



सुबिन विश्वकर्मा (बराह क्षेत्र) सुनसरीको बराह क्षेत्र ६मा रहेको न्यु सङ्गीता मेडिकल हलको पहलमा बराह क्षेत्र नगरलाई २लाख बढीको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । आर्या फर्मा ल्याब बिरगंज द्वारा १लाख १३हजार २सय बराबरको कोभिड १९ सम्बन्धी आवश्यक औषधि तथा कस्यप ॠषी आयुर्वेदिक बिराटनगर द्वारा ७५ हजार बराबरको स्यानिटाइजर प्रदान गरिएको हो ।

यसको लागि न्यु सङ्गीता मेडिकल हलले पहल गरेको हलका प्रमुख सुरेन्द्र गुप्ताले जानकारी दिए । उनकाअनुसार आगामी दिनहरूमा समेत विभिन्न प्रतिनिधित्व स्थानहरूमा निःशुल्क स्वास्थ्य सामाग्री वितरणका लागि पहल तथा समन्वय गर्ने योजना रहेको छ । सामाग्री मङ्गलवार नगरलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा न्यु सङ्गीता मेडिकल हलका प्रमुख सुरेन्द्र गुप्ता र दीपक अधिकारी, आर्या फर्माका बजार प्रतिनिधि केशव भट्टराई, सेल्स मेनेजर दुर्गाराज भट्टराई, एरिया मेनेजर बिकेस् पोखरेल र नगरपालिका प्रमुख निलम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेश पोखरेल, स्वास्थ्य शाखा अधिकृत उमेश महेता र प्रशासकीय अधिकृत मनु कुमार लिम्बु उपस्थिति थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्