लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)



बुटवल। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

गत वैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ति र त्यसपछि जबरजस्ती शपथ खुवाएको भन्दै विपक्षी गठबन्धनका सांसदहरूले गरेको बैठक बहिष्कारकै बिचमा प्रदेश प्रमुख यादवले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षका सांसदले नीति तथा कार्यक्रम बहिष्कार गरेका थिए। यी दलहरूले प्रमुख सचेतकहरूलाई मात्र प्रदेश सभामा पठाएर अन्य सांसदलाई बहिष्कार गर्न निर्देशन दिए अनुसार सांसदहरू प्रदेशसभामा अनुपस्थित भए।

प्रदेश सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षमा १०१ वटा सडक-पुल निर्माण गर्ने, प्रदेश यातायात गुरुयोजना सम्पन्न गर्ने, आमा बाबु नभएका तथा अति विपन्न बालबालिकालाई आवासीय शिक्षा, एक स्थानीय तह, एक खेलकुद संरचना, प्रदेशका बिभिन्डिन जिल्लाहरूलाई परम्परागत उत्पादनका आधारमा पकेट जोन बनाउने लगायतका कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्