अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयर कासले कस्ता कागजपत्र विहिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्ने भएका छन् । सरकारले यसबारे सोमबार सङ्घीय न्यायाधिसलाई जानकारी दिएको हो ।
गत फरबरीमा जारी देश निकालाको प्राथमिकताबारेको नीतिको स्थानमा नयाँ नियम जारी गर्न लागिएको हो । मेयर कासले फरबरी १८ को ९० दिनभित्र नयाँ नियम जारी गरिसक्ने उल्लेख गरिए पनि नयाँ नियम जारी गर्नका लागि ढिलो भएको छ ।
सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी अलेहान्द्रो मेयरकास
एरिजोनाको सङ्घीय अदालतमा रहेको फाइलिङमा जस्टिस डिपार्टमेन्टले मेयर कासको नयाँ नियम जारी हुने लक्ष्य आगामी महिना रहेको उल्लेख छ । तर जस्टिस डिपार्टमेन्टका वकिलले यो मिति अझ पछाडि सर्न सक्ने चेतावनी दिएका छन् । अहिले नयाँ नियम जारी गर्नका लागि जुलाईको सुरुवातको लक्ष्य रहेको र तर जुलाईको सुरुमा जारी हुने वा अन्त्यमा भन्ने कुरा एजेन्सीको आवश्यकता लगायतमा भर पर्ने वकिलहरूको भनाई छ ।
गत फरबरीको नियम देश निकालाको नयाँ प्राथमिकताको नियम अनुसार कसरी काम भइरहेको छ भन्ने सन्दर्भमा आफूले आफ्ना एजेन्टहरूबाट सुन्न चाहेको मेयर कासले बताएका छन् । तर उनले अमेरिकामा रहेका अधिकांश कागजपत्रि विहिनहरु देश निकालामा पर्न नहुने विश्वास गर्ने स्पष्ट पारेका छन् । खसाेखासबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।