राष्ट्रियसभा निर्वाचन ः आइतबार राति १२ बजेदेखि मौन अवधि



सैघाली खबर
काठमाण्डौ, २१ माघ । आगामी माघ २४ गते बुधबारका दिन हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएदेखि चुनाव सम्पन्न नहुन्जेल राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र मतदाताले चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

प्रत्येक प्रदेशबाट ३ महिला, ३ खुला, १ दलित र १ अल्पसंख्यक या अपांगता भएका गरी ८ जना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित हुनेछन् । एक महिलासहित तीन जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । प्रदेश २ बाट भने आठै जनासहित राष्ट्रिय सभामा २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्, बाँकी ३२ सिटका लागि ६ वटा प्रदेशमा बुधबार चुनाव हुँदै छ ।

निर्वाचन आयोगले आचारसंहिताविपरीत सञ्चार माध्यमलाई समेत चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशनरप्रसारण नगर्न, मत सर्वेक्षणसमेत नगर्न आग्रह गरेको छ । निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट गरिएको छैन ।

आयोगले निर्वाचक मण्डल ९प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख० को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यले निर्वाचित भएको प्रमाणपत्रका अतिरिक्त चुनावका क्रममा आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था मिलाउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्