अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने



काठमाडौँ। प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैङ्कले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन वि नियमावली–२०७८ जारी गर्दै स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएको हो।

यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था थियो। विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैङ्कबाट पूर्वस्वीकृति लिन नपर्ने विनियम वलीमा व्यवस्था गरिएको छ।

कम्पनीले कमाएको नाफा पनि सहज ढङ्गले लैजान पाउने छन्। तर विदेशी ऋण लिनका लागि राष्ट्र बैङ्कको स्वीकृति चाहिन्छ। ऋण बैङ्किङ माध्यमबाट भित्र्याउनुपर्ने सर्त विनियम वलीमा राखिएको छ।

लगानी भित्रिएपछि बैङ्कमा लेखाईकन गर्नुपर्छ। अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखा परीक्षण प्रतिवेदन अनिवार्य नहुने विनियम वलीमा उल्लेख छ। अन्नपूर्ण पोस्टबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्