पा’ण्डा गर्भवती भएको खबरले शेयर बजारमा एकाएक उछाल !



यो शेयर बजार भन्ने चिजै यस्तो । यसलाई घट्न र बढ्नका लागि ठुलो निहुँ नै नचाहिने । जापानमा हालै एउटा पा’ण्डा गर्भवती भएको खबरले शेयर बजारमा एकाएक उछाल आयो।

जापानको टोक्योस्थित उइनो चिडियाखानामा रहेको एउटा पा’ण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै टोक्योका विभिन्न रेष्टुरेन्टहरुको शेयर मूल्यमा शुक्रबार उल्लेख्य बढोत्तरी भएको हो। चिडियाखानाका अनुसार १५ वर्षको शिन-शिन नामक पोथी पाण्डाले आफू गर्भवती भएको लक्ष्ण देखाएको छ ।

यद्यपि पा’ण्डा गर्भवती भए नभएको पुष्टि हुनचाहिँ बाँकी रहेको छ । जीव वैज्ञानिकहरूका अनुसार स्तनधारी जनावरहरूमा गर्भधारण भएको जस्तो लक्षण देखिने तर वास्तविकरुपमा गर्भधारण नहुने घटना धेरै हुन्छन् । टोक्योको उइनो चिडियाखाना कोरोना भाइरस महामारीका कारण ५ महिनासम्म बन्द भएर शुक्र बाह्रबाट मात्र खुलेको छ ।

खुल्ने बित्तिकै पा’ण्डा गर्भवती भएको खबर आएसँगै चिडियाखानामा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने पूर्वानुमान गरिएको छ । चिडियाखानामा आउने पर्यटकका कारण आसपासका रेष्टुरेन्टहरुको व्यापार पनि चम्किने प्रक्षेपणका कारण आसपासका विभिन्न ठुला चेन रेष्टुरेन्टहरुको शेयर मूल्यमा उछाल आएको बताइएको छ।

यस पटक पा’ण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै टोक्योस्थित फ्रेन्च रेष्टुरेन्ट सेइयोकेनको शेयर मूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ । यी दुवै रेष्टुरेन्ट उइनो चिडियाखानाको नजिकै रहेका ठुला रेष्टुरेन्ट चेन हुन् । चिडियाखानाको पोथी पा’ण्डा शिन-शिन र भाले पा’ण्डा री-री दुवै चीनबाट लोनमा ल्याइएको थियो ।

टोक्योस्थित चाइनिज रेष्टुरेन्ट टोटेन्कोको शेयर मूल्यमा शुक्रबार ३० प्रतिशतले बढोत्तरी भयो । यसअघि सन् २०१३ र २०१७ मा पनि उक्त पा’ण्डा गर्भवती भएको हुनसक्ने भनी चिडियाखानाले घोषणा गरेसँगै टोटेन्को रेष्टुरेन्टको शेयर मूल्य यसै गरी बढेको थियो । तर पछि उक्त पा’ण्डाले गर्भाधारण नगरेको पुष्टि भएको थियो।

पछिल्लो पटक पोथी पा’ण्डा शिन-शिन गर्भवती भएको हुनसक्ने घोषणा गर्दै चिडियाखानाले विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा शिन-शिनले खानेकुरा कम खान थालेको र बढी आराम गर्न थालेको भन्दै सो गर्भवती पा’ण्डाको लक्षण भएको उल्लेख छ। स्मरण रहोस् उक्त पा’ण्डाले सन् २०१२ मा बच्चा जन्माएको थियो, तर केही दिनमै उक्त बच्चा परेको थियो । त्यति बेला पा’ण्डाले बच्चा जन्माउनु केही दिन अघि मात्रै ऊ गर्भवती रहेको थाहा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्